Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहतारमा विद्यालय नखोल्न निर्देशन

हतारमा विद्यालय नखोल्न निर्देशन


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उनले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ ।

छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया