Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा सीई ग्रुपको ६० करोड लगानीमा २७ कोलोनी निर्माण हुँदै

विराटनगरमा सीई ग्रुपको ६० करोड लगानीमा २७ कोलोनी निर्माण हुँदै


विराटनगर । काठमाडौँमा मात्र केन्द्रित बन्दै आएको सीई ग्रुपले प्रदेश १ को राजधानी विराटनगरमा पनि आफ्नो कार्य विस्तार गर्दै २७ घरको कोलोनी निर्माण सुरु गरेको छ । हाउजिङ, रियलस्टेट र जलविद्युत् आयोजना निर्माण गर्दै आएको सीई ग्रुपले विराटनगरमा टेरोटेरियल कन्सेप्टअनुसार सीई कोलोनी निर्माण गर्न लागेको हो ।

सीईकै अवधारणाअनुसार विराटनगर महानगरपालिका ७ सरस्वती टोलमा सीई कोलोनी निर्माण सुरु भएको छ । विराटनगरका युवा उद्योगी शुरेशकुमार राठीको २२ कठ्ठा जमिनमा निर्माण हुन लागेको कोलोनीको लागत ६० करोड रूपैयाँ रहने सीईका कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । विराटनगरमा सामूहिक रूपमा एकल आवासीय घर निर्माण गर्ने उद्देश्यका साथ यो परियोजना थालिएको उनको भनाइ छ । सीईले कोलोनी परियोजनाको काम गत वैशाखदेखि सुरु गर्ने भनिए पनि कोरोनाको कारण प्रभावित भएपछि गत भदौदेखि मात्र नियमित काम सुरु गरेको छ ।

सीर्ईले आफ्नो लक्ष्यअनुसार कुनै अवरोध नभएको खण्डमा कोलिनी निर्माण कार्य २०८० को दशैँसम्म सकिने गरी आफ्नो काम थालिसकेको जनाएको छ । विराटनगरका लागि यो नयाँ अभ्यास भएकाले पनि स्थानीयमा कोलानीको अवधारण बुझ्न समस्या देखिएको छ । तर पनि अहिलेसम्म चारवटा घर बुकिङ भइसकेको कुरा सीई ग्रुपले जनाएको छ । सीईले स्थानीयको समस्या बुझेर नै घर किन्दा सुरुमा ३० लाख बुझाउनुपर्ने र बाँकी नौैवटा किस्तामा लिने व्यवस्था मिलाएको जानकारी गराएको छ । अन्तिम किस्ता बुझाएपछि घर खरिद गर्नेका नाममा घर पास गरेर लालपुर्जा घरधनीलाई वितरण गर्नेसम्मको व्यवस्था मिलाएको जानकारी सीई ग्रुपले गराएको छ ।

सीईले निर्माण गरेको एउटा घर नौ धुरदेखि १३ धुरसम्ममा हुनेछ । घरको न्यूनतम मूल्य दुर्ई करोड २० लाखदेखि दुई करोड ७० लाख रूपैयाँसम्म पर्ने पनि जानकारी दिइएको छ । सीईले जानकारी दिएअनुसार ‘ए’ लेबल घरको कुल क्षेत्रफल २१ सय वर्गफिट रनेछ । यो लेबलका घर २० वटा निर्माण हुनेछन् ।

त्यसैगरी ‘बी’ लेबल घरको क्षेत्रफल २३ सय वर्गफिट हुनेछ र अन्य किसिमको घर पाँचवटा निर्माण गर्ने लक्ष्य लिएको कुरा जानकारी गराइएको छ । त्यस्तै ग्राहकको चाहनाअनुसार ग्राहकले दिएको डिजाइनअनुसार दुईवटा घर निर्माण हुने जानकारी पनि सीइले दिएको छ । सीइ ग्रुपले निर्माण गर्न लागेको सीई कोलोनीमा २७ वटा एकल आवासीय घर हुनेछ । घर अढाईतले र सुरक्षा, ढल, पानी, बिजुली, बाटोलगायतका सबै प्रकारका सुविधाहरू रहनेछन् । घरहरू राष्ट्रिय भवन आचार संहिताअनुसार नै सीईले निर्माण गर्नेछ । सबै घरहरू भूकम्प प्रतिरोधी घरहरू निर्माण हुनेछ । एउटा घरमा चारवटा सुत्ने कोठा, तीनवटा ट्वाइलेट हुनेछ । एउटा एटेज कोठा हुनेछ भने एउटा भान्साकोठा हुनेछ । बैठक कोठा पनि रहनेछ । पूजा कोठा घरको सबैभन्दा माथिल्लो तल्लामा रहनेछ ।

कोलोनीमा रहने घर परिवारलाई सामूहिकताका बारेमा सिकाइनेछ । घरहरू निर्माण भएर किनिसकेपछि ६ महिनासम्म कम्पनीका कर्मचारीहरू रहनेछन् । जसले समुदाय कसरी चलाउने भनेर सिकाउनेछन् । समुदायलाई दक्ष बनाएर कोलोनी घरधनीलाई जिम्मा लगाउने दायित्व पनि सीई ग्रुपकै हुने जानकारी गराइएको छ । सबै एकैनासको घर हुने र तला नथप्ने हुँदा कसैलाई केही असर नगर्ने किसिमको घर निर्माण हुनेछ । काठमाडौँमा मात्र केन्द्रित सीई ग्रुपले आफ्नो लगानीलाई सातवटै प्रदेशमा पु-याउने तयारी थालेअनुसार ग्रुपले विराटनगरमा सीई कोलोनी भनेर सुरु गरेको बताएको छ । पछिल्लो समय सीई ग्रुपलाई हाउजिङका लागि प्रदेश नम्बर २ मा तीनवटा घर निर्माणको प्रस्ताव आएको जानकारी पनि दिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको पोखरामा दुईवटा परियोजनामा लेटभ्यू अपार्टमेन्ट ल्याएको र फेवा प्रिन्स होटल प्राप्ति गरेर साझेदारीमा अघि बढाएको जानकारी पनि सीईले दिएको छ । पछिल्लो समय सीई ग्रुपले हाउजिङ, अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्ससहितको ‘मिक्सयुज्ड’ प्रोजेक्ट ल्याएको कुरा बताइएको छ । तर कर्णाली र सुदूरपश्चिमबाट कोलोनी निर्माणको लागि अफर आए पनि अहिले त्यहाँ जाने सोच सीईले नगरेको जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया