Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका थापा पक्राउ

बैंकिङ कसुरका थापा पक्राउ


काठमाडौं । बैंकिङ कसुर ठहर भई सजाय पाएर फरार भएका कृष्ण बहादुर थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार थापालाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध रबिन्द्र थापाले जाहेरी दिएका थिए । बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले थापालाई २०७७ मंसिर २२ गते एक करोड २५ लाख रुपैयाँ जरिवाना र थापाकै जाहेरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामै उच्च अदालत पाटनले नै २०७७ मंसिर २२ मा ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।

यसैगरी बादी राजन श्रेष्ठ रहेको चेक अनादर मुद्दामा समेत थापाउपर काठमाडौं जिल्ला अदालतको वि.सं. २०७३ माघ ६ गतेको फैसलाले १७ लाख रुपैयाँ जरिवाना र सोको कानुुनबमोजिमको ब्याज समेत दाखिला गर्नुपर्ने सजाय तोकिएको थियो । सोपश्चात् काठमाडौं जिल्ला अदालतको २०७५ असोज १९ गतेको फैसलाले काठमाडौंको बूढानीलकण्ठ घर भई बाराको जितपुर बस्दै आएका थापालाई एक वर्ष कैद सजाय फैसला भएकोमा हालसम्म फरार हुुँदै आएका थापालाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सूचना अधिकृत कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया