Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्षदलाई सम्मान

चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्षदलाई सम्मान


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नवनिर्वाचित आइक्यान पार्षदहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वअध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्ष, नेपाल अडिटर एसोसिएसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्षद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसिएसन सदस्यलगायत चार्टर्ड एकाउन्टेन्ट्स क्षेत्रसम्बद्ध व्याक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्षदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा अध्यक्ष वाग्लेले सबै संस्थाहरुको प्रत्यक्ष–परोक्ष उद्देश्य लेखा व्यवसायको प्रवर्द्धन, सम्वर्द्धन र विकास रहेकोले एकअर्काका परिपूरक तथा साझेदारको रुपमा कार्य गर्नुपर्ने बताए ।

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्सबीचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदकद्वारा विभूषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्वअध्यक्ष नारायण बजाज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजीवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया