अडिटरको मृत्युपछि प्रहरीको निगरानीमा उद्योगी राठी
शंकर लुइँटेल
विराटनगर, माघ १४
आन्तरिक राजस्व कार्यालयमा बुझाउने व्यवसायी कारोबार हेर्दै गरेका विराटनगरका अडिटर प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मोरङका एक प्रतिष्ठित उद्योगी तथा व्यापारीमाथि सुक्ष्म छानबिन सुरु गरेको छ । विराटनगर महानगरपालिकासँगै रहेको शनिहाटका सांग्रिला रेडिमेट इण्डिष्ट्रिज प्रालिका सञ्चालक नन्दकिशोर राठी र उर्लाबारी मोरङगका व्यापारी अनिल महेश्वरी चाण्डकमाथि मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको हो । चाण्डक पूर्वमिस नेपाल निकिता चाण्डकका पिता समेत रहेका छन् ।
अडिटरको मृत्यु हुनुपूर्व यी उद्योगी र घिमीरेले एकैसाथ विराटनगरका विभिन्न होटलमा पुगी मदिरा सेवन गरेको रहस्य पनि अहिले आएर खुलेका छ । विराटनगर महानगरपालिका २ निवासी अडिटर प्रवल घिमिरेको गत हप्ताको मंगलबार बिहान स्थानीय सिंघीया खोलामा मृत अवस्थामा शव भेटिएको थियो । उनी आठ वर्षयता लेखापरीक्षकको काम गर्दै आएका थिए । समाचारस्रोतका अनुसार घिमिरे गत हप्ताको सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेको कुरा थाहा भएको छ । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको रहस्य पनि अहिले आएर खुलेको छ । तर, मंगलबार बिहान उनको शव खोलामा भेटिएपछि अहिले परिवारमा घटना सुनियोजित भएको आशंका बढेर गएको कुरा स्रोतले दाबी गरेको छ ।
सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका नन्दकिशोर राठी र अनिल चाण्डकमाथि मोरङ प्रहरीले अनुसन्धान गरिरहेको कुरा थाहा भएको छ । अडिटर घिमिरेको साथमा रहेको मोबाइल पनि हराएका कारण घटना अझै शंकास्पद बन्न पुगेको कुरा प्रहरीस्रोतले बताएको छ । उद्योगी व्यापारीहरूलाई प्रहरीले निगरानीमा राखी अनुसन्धान गरिहेको छ । साथै उनीहरूको मोबाइलको कल डिटेलसमेत अनुसन्धानको लागि प्रहरीले मगाएको कुरा थाहा भएको छ । विराटनगर बजारक्षेत्रको सडकमा जडान गरिएका सीसी क्यामेरा फुटेजबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया