प्राधिकरणमा प्रतिस्पर्धा नगरी खरिद : व्यवस्थापन ठेक्कापट्टामा लिप्त
काठमाडौं, माघ १४
नेपाल विद्युत् प्राधिकरणभित्र उज्यालोभित्र अँध्यारा खेलखण्डहरु गरेको, विना प्रतिस्पर्धा खरिद कार्य गरेको तथा ठेक्कापट्टा र अनियमिततामा रमाएको भन्दै सत्तारुढ नेकपासम्बद्ध नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले भण्डाफोर अभियान सुरु गरेको छ । उक्त कार्यमा व्यवस्थापनमा बसेकाहरु नै संलग्न भएको युनियनले दाबी गरेको छ । त्यस्ता अनियमिततामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोकप्रियताको आडमा र कतिपय सन्दर्भमा स्वयं कार्यकारी निर्देशकलाई नै गुमराहमा पारेर व्यवस्थापनले गलत कार्य गरेको बताइएको छ ।
व्यवस्थापनले नीतिगत विषयहरु समेत बंग्याएर परिपत्र गर्ने गरेको, कर्मचारी सरुवा र पदस्थापनमा कर्मचारी व्यवस्थापनका न्यूनतम मूल्य र मान्यता तथा विधिसमेत बेवास्ता गरी स्वेच्छाचारी र अन्यायपूर्ण रुपमा काखा र पाखाको अव्यवहार गरेको, व्यक्ति इगो साँधी कार्यसम्पादन मूल्यांकन नम्बर घटाउने, अनिवार्य अवकाश नजिकहरुकाहरुलाई पनि नियमविपरीत सरुवा गरेर अनियमितता गरेको युनियनको दाबी छ ।
युनियनका संयोजक रामेश्वर प्रसाद पौडेल र सह–संयोजक खगेन्द्र शाहीद्वारा सोमबार जारी विज्ञप्तिमा प्राधिकरणको व्यवस्थापनले आफ्नो कोटरीका चाकरीबाजहरुलाई लाभपूर्ण सरुवा गरेको, नियमित विज्ञापन प्रक्रिया अवरुद्ध गरेको, ट्रेड युनियनको आन्दोलनलाई बदनाम गराउने प्रपञ्च गरेको दाबी गरिएको छ । व्यवस्थापनले गरेको बदमासीविरुद्ध आवाज उठाउँदा युनियनमा आबद्ध तथा आम कर्मचारीहरुलाई धम्की दिएर सन्त्रास सिर्जना गरिएको कारण प्राधिकरणको केन्द्रीय कार्यालयमा नै आधिकारिक ट्रेड युनियनका तर्फबाट सोमबारदेखि सांकेतिक भण्डाफोर अभियान सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ ।
युनियनका अनुसार प्राविधिकरण, सेवाग्राही र कर्मचारीको हितका लागि व्यवस्थापनसमेतको सहकार्यमा सुरु गरिएको ‘सहज सेवा स्वच्छ नेविप्रा’ अभियनलाई कुलमानको नेतृत्वको व्यवस्थापनले विभिन्न बहानामा असहयोग गर्ने गरेको छ । युनियनले विज्ञप्तिमा भनेको छ, ‘विनियमावली विपरीत प्रतिस्पर्धाविना खरिद कार्य गर्ने गराउने, प्राधिकरण र सेवाग्राहीको हितविपरीत हुने गरी कार्य व्यवहार गर्ने, कार्यालयमा बसी ठेक्कापट्टा र अनियमिततामा रमाउनेलगायत सम्पूर्ण गलत कार्यविरुद्ध तत्काल सम्बन्धित ठाउँमा नै भण्डाफोर गर्न मातहतका सम्पूर्ण समितिहरुलाई निर्देशन समेत गर्दछौं ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया