Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच प्रतिशतसम्मको सहुलियत ब्याजमा पुनर्कर्जा

पाँच प्रतिशतसम्मको सहुलियत ब्याजमा पुनर्कर्जा


काठमाडौँ । ग्राहकहरुले तीनदेखि पाँच प्रतिशतसम्मको सहुलियत ब्याजमा पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार पुनर्कर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन प्रस्तुत गर्दै कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि ग्राहकरुले यस्तो सुविधा पाउने भएका हुुन् ।

यसअन्तर्गत ग्राहकहरुले न्यूनतम तीनदेखि पाँच प्रतिशत ब्याजसम्मा प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तो कर्जा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुुष्ठरुपमा प्रदान गरिने संशोधित कार्यविधिमा उल्लेख छ ।

संशोधित कार्यविधिअनुसार लघुु घरेलुु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकबाट पाँच प्रतिशतसम्म ब्याज लिन सक्नेछन् भने यस्तो कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याजदर भने दुई प्रतिशत छ । विशेष पुनर्कर्जाअन्तर्गत बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग तीन प्रतिशतसम्म ब्याज लिनसक्ने र यस्तो कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याज एक प्रतिशत कायम गरिएको छ ।

साधारण पुनर्कर्जा शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग लिनसक्ने ब्याज भने पाँच प्रतिशत तोकिएको छ । यस्तो पुनर्कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याज तीन प्रतिशत कायम गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया