Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेशी उद्योगले आयकर छुट पाउँदा विदेशी उत्पादनका आयातकर्ता त्रसित

स्वदेशी उद्योगले आयकर छुट पाउँदा विदेशी उत्पादनका आयातकर्ता त्रसित


विराटनगर । सरकारले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई लक्षित गरी निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको स्यानिटरी प्याड उद्योगलाई आयकरमा छुटको व्यवस्था गरेसँगै प्याड आयात गरी करोडौं कमाउने व्यापारीलाई पछिल्लो समय कमाइमा धक्का लाग्ने देखिएपछि तिलमिलाउन थालेका छन् ।

सरकारले गत आर्थिक वर्ष ०७७/०७८ को बजेटमा सामुदायिक विद्यालयस्तरका विद्यार्थीलक्षित कार्यक्रम भन्दै एक अर्ब ८७ करोड रकमको बजेट स्यानिटरी प्याड खरिदका लागि विनियोजन गरेपछि स्यानिटरी प्याड आयात गर्दै आएका व्यवसायीहरूले स्यानिटरी प्याडको आयात ह्वात्तै बढाएका थिए ।

तर वर्तमान अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योग संरक्षण नीतिअन्तर्गत स्यानिटरी प्याड उद्योगले प्याड उत्पादन गर्दा लाग्ने आयकर उद्योग स्थापना भएको पाँच वर्षसम्म पूरै र बाँकी दुई वर्ष ५० प्रतिशत आयकरमा छुटको व्यवस्था गरेसँगै प्याडको आयातमा संलग्न व्यवसायीहरू उद्योगको सुविधा कटौती गर्नका लागि लबिङ सुरु गरेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले जानकारी दिएका छन् । उक्त लबिङमा विराटनगरमा रहेको विशाल ग्रुपका तुलसीराम अग्रवाल र सारडा समूहका पुनित सारडा रहेका छन् । उनीहरू सरकारले स्यानिटरी प्याडमा भन्सार मूल्यांकन वृद्धि ग-यो भन्दै अफवाह फैलाएर उद्योगले पाएको सुविधा कटौती गर्न व्यापक लबिङमा लागेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन् ।

केही समयदेखि व्यवसायीहरूले भारत र चीनमा निर्मित स्यानिटरी प्याड आयात गर्दा भन्सार मूल्यांकन कम नै कम हुनेगरी प्याड नेपाल भित्र्याउँदै आएका थिए । केही महिनाअघि मात्र विराटनगर भन्सार नाका प्रयोग गरी उद्योगी पुनित सारडा र वीरगञ्ज भन्सार नाका प्रयोग गर्दै तुलसीराम अग्रवालले ठूलो परिमाणमा स्यानिटरी प्याडको आयात गरेको रहस्य खुलेको थियो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि भन्दै स्थानीय निकायहरूबाट स्यानिटरी प्याड खरिदका लागि टेन्डर आह्वान हुन थालेपछि व्यवसायी सारडा र अग्रवालले स्यानिटरी प्याडको आयात एक्कासि बढाएका थिए ।

स्वदेशी उद्योगहरू आयातीत स्यानिटरी प्याडको मारमा परी धराशायी हुने अवस्था आउँदा पनि विदेशबाट आयात हुने गुणस्तरहीन स्यानिटरी प्याडको आयात बढ्दा यहाँका उद्योगहरू संकटमा परेका थिए । सरकारले प्याड उद्योगहरूलाई आयकर छुट दिएर राहत दिएको करिडोरका उद्योगीले जानकारी दिएका छन । उनीहरूले अब सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनका लागि भए पनि बाहिरबाट आयात गरिएको स्यानिटरी प्याडलाई निरुत्साहित गर्दै स्वदेशी उद्योगलाई लाग्ने मूल्य अभिवृद्धि करमा समेत छुटको व्यवस्था मिलाएर लागत मूल्यमा मात्र स्यानिटरी प्याट बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेका छन् । तर आफूलाई देशकै उच्च तहको व्यवसायी भएको बताउने विशाल ग्रुपका तुलसीराम अग्रवाल र सारडा समूहका पुनित सारडा पछिल्लो समय प्रतिस्थापन विद्येयकमार्फत सरकारले गरेको प्याड उद्योगको आयकर छुटको व्यवस्थालाई खारेज गर्न लागि परेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले जानकारी दिएका छन् ।

स्थानीय उद्योगीका अनुसार अब सरकारले विदेशबाट आयात हुँदै आएको स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार मूूल्यलाई बढाएर ३० प्रतिशत कायम गर्दै स्वदेशी स्यानिटरी प्याड उद्योगको संमक्षण गर्न जरुरी भइसकेको छ ।

स्थानीय सरकारी निकायबाट प्याड खरिदका लागि टेन्डर हुनासाथ विषेशगरी वीरगञ्ज औद्योगिक करिडोरका उद्योगी र विराटनगरमा रहेका स्यानिटरी प्याड उद्योग आफैँले वीरगञ्ज भन्सार नाका र विराटनगर भन्सार नाका हुँदै कच्चा पदार्थको भन्सार दररेटमा तयारी स्यानिटरी प्याड आयात गरेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले नै दाबी गरेका छन् । वीरगञ्ज र विराटनगरका उद्योगी तथा व्यवसायीहरूले भन्सार जाँचपासमा कच्चापदार्थ उल्लेख गर्दै आयात गर्ने र उद्योगलाई आवश्यक कच्चापदार्थको सुविधा दुरूपयोग भएको दाबी पनि करिडोरका उद्योगीले गरेका छन् । कच्चा पदार्थ आयात गर्दा उद्योगले तोकिएको भन्सार महसुलको २० प्रतिशत मात्रै राजस्व तिरे पुग्ने व्यवस्था सरकारले गरेको कारण उद्योगी तथा व्यवसायीबाट यही प्रावधानमा टेकेर तयारी स्यानिटरी प्याडलाई नै कच्चा पदार्थको रूपमा भन्सार सेटिङमार्फत ठूलो परिमाणमा स्यानिटरी प्याड आयात गरेको रहस्य उद्योगीले आफैँले खोल्न थालेका छन् ।

तयारी स्यानिटरी प्याड विदेशबाट आयात गर्दा प्रतिगोटा भन्सारदर चारदेखि छ रूपैयाँको राजस्व सरकारले तोकेको छ । तर कच्चपदार्थको भन्सार दर एक रूपैयाँ २५ पैसादेखि एक रूपैयाँ २७ पैसा प्रतिगोटा कायम गरी आयात हुन्छ । अहिले यही भन्सार दरबन्दीलाई समातेर विराटनगर भन्सार र वीरगञ्ज भन्सार प्रयोग गर्ने उद्योगी तथा व्यवसायीहरूले प्रतिगोटालाई प्रतिकेजीमा परिणत गरी प्रतिकेजी एक रूपैयाँ २७ पैसामा स्यानिटरी प्याडको आयात गर्नेगरेको रहस्य बाहिरिएको हो । नेपालमा भारत र चीनबाट तयार गरिएका स्यानिटरी प्याड भित्रने गरेको भनाइ व्यवसायीको छ । तयारी सामग्रीलाई कच्चा पदार्थ देखाउँदा फाइदा हुने भएपछि प्याड आयातकर्ता र उद्योगीले उत्पादनभन्दा पनि आयातलाई नै प्राथमिकता दिएको दाबी स्रोतको छ ।

नेपालमा सबैभन्दा धेरै स्यानिटरी प्याडको आयात गर्दै आएको विशाल ग्रुप समूहको युनाइटेड डिस्ट्रिब्युटर र सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएको जस्मिनहाइजिन प्रालिले भन्सार सेटिङमा ठूलो मात्रामा स्यानिटरी प्याड आयात गर्दै आएको दाबी पनि समाचारस्रोतले गरेको छ । केही महिनाअघि मात्रै जस्मिनहाइजिन प्रालिले विराटनगर भन्सारको सेटिङमा उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ भन्दै ठूलो मात्रामा तयारी स्यानिटरी प्याड नै आयात गरेको भन्सार प्रज्ञापनपत्र समेत फेला परेपछि उद्योगी सारडाको भन्सार सेटिङ छताछुल्ल बन्न पुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया