Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुण्डीमार्फत नेपाल ल्याउन लागिएको ९५ लाखसहित दुई भारतीय पक्राउ

हुण्डीमार्फत नेपाल ल्याउन लागिएको ९५ लाखसहित दुई भारतीय पक्राउ


काठमाडौँ । हुण्डीमार्फत नेपाल ल्याउन लागिएको ९५ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार  पक्राउ पर्नेहरूमा भारतको मुम्बई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर बताउने वर्ष २६ को सागर माली र सोही ठाउँ घर भएका कृष्ण अढाडे रहेका छन् ।

महानगरीय प्रभाग नागढुङ्गाबाट बाहिर जिल्लाबाट आउने सवारीसाधनहरूलाई चेकजाँच गर्न चन्द्रागिरि न.पा. २ स्थित नागढुंगामा चेक प्वाइन्ट राखी चेकजाँच गर्ने क्रममा चितवनबाट काठमाडौं आउँदै गरेको ग.१ख ६६४५ नं.को यात्रुवाहक हाइस गाडीमा ८ र ९ नं.को सिटमा सवार भई आएका व्यक्तिको झोला चेकजाँच गर्ने क्रममा माली र अढाडेको कालो झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ९५ लाख फेला परेको थियो ।

प्रहरीका अनुसार पक्राउ  परेकाहरूमध्ये मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको हो । उनीहरूले उक्त नगद रकमको स्रोत खुलाउन नसकेको हुँदा रीतपूर्वक खानतलासी मुचुल्का उठाई पक्राउ गरी परिसर ल्याइएको र उनीहरूबारेमा थप अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया