Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने


काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत अर्थात् करसहित एक अर्ब २६ करोड ७४ लाख ३२ हजार छ सय ३२ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको चार सय ५१ औं सञ्चालक समितीको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । सोमध्ये १३ दशमलव ३० प्र्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशको रूपमा रहेको छ ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ३६ करोड छ लाख ८१ हजार छ सय ३७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २६ करोड ५१ लाख ५० हजार छ सय ६३ रुपैयाँ रहेको थियो ।

Open Photo

चुक्ता पुँजी नौं अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३२ करोड ६० लाख ९९ हजार नौ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८२ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १३ करोड २७ लाख ३५ हजार छ सय ४९ रुपैयाँ रहेको छ ।

अघिल्लो सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार पाँच सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार एक सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३६ प्रतिशत रहेको थियो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया