Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिन भागिन् निगमकी फाइनान्स डाइरेक्टर खड्का ?

किन भागिन् निगमकी फाइनान्स डाइरेक्टर खड्का ?


काठमाडौं । नेपापल वायुसेवा निगमकी फाइनान्स डाइरेक्टर अनिशा खड्काले कार्यालयबाट मोबाइल फोन स्विचअफ गरेर भागेर बसेपछि आइतबार पनि निगमका कर्मचारीले तलब लिन पाएनन् । झण्डै तीन महिनादेखि कर्मचारीले कार्यालयमा छिर्न नदिएपछि मन्त्रालय र रेष्टुरेन्टतिर हल्लिँदै दिन बिताइरहेका निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलको सहमतिविना नै आइतबार निगमका कर्मचारीले तलब खाने तयारी गरेपछि पौडेलको रक्षाकवच बन्दै आएकी फाइनान्स डाइरेक्टर खड्का आइतबार कार्यालयबाट भागेर फोन स्विचअफ गरेर बसेकी हुन् ।

गत ६ गते निगमका तीनवटै युनियनको संयुक्त अगुवाइमा निगमका सबै डाइरेक्टरहरुलाई एक्जुकेटिभ हलमा बेलुका साढे ८ बजेसम्म थुनेर कर्मचारीले आइतबार तलब खुवाउने समझदारीपत्रमा हस्ताक्षर गराएका थिए । उक्त समझदारीपत्रमा हस्ताक्षर नगरी त्यहाँबाट भागेका दुई जना डीएमडीहरु गणेशबहादुर चन्द र केबी थापाको घर भोलिपल्ट घेराउ गरी निगमका कर्मचारीले उनीहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरु पनि उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न बाध्य भएका थिए र भोलिपल्ट शुक्रबारका दिन उनीहरुले त्यसरी घरमै गएर नाराबाजी नगरेको भए हुने थियो भनी कर्मचारीसँग प्रतिष्ठामा आघात परेको गुनासो गरेका थिए ।

निगमलाई अमुक व्यक्तिलाई जिम्मा लगाएर करोडौँ हात पार्ने गरी कम्पनीमा बदल्ने दुष्प्रयास गरेपछि कर्मचारीले निगम छिर्न प्रतिबन्ध लगाएका महाप्रबन्धक पौडेलले कर्मचारीले आफैँ तलब खाने तयारी गरेपछि पर्यटन मन्त्रालयमा गएर सचिव यादव कोइराला र सहसचिव बुद्धिसागर लामिछानेसँग खुसामद गरी कर्मचारीलाई सोमबार तलब खुवाउने वक्तव्य जारी गरेका थिए । सो वक्तव्यलाई प्राथमिकता दिएर फाइनान्स डाइरेक्टर खड्काले आइतबार कर्मचारीलाई तलब नदिन अफिसबाट भागेर मोबाइल स्विच अफ गरेर बसेकी हुन् ।

विगत तीन महिनादेखि अफिसलाई गोजीमा हालेर हिँडेका कर्मचारी र संस्थाको हितविरोधी महाप्रबन्धक पौडेलको तावेदारी गर्दा फाइनान्स डाइरेक्टर खड्का, उनलाई उकास्ने कमर्सियल डाइरेक्टर जनकराज कालाखेती र अप्रेसन डाइरेक्टर क्याप्टेन दीपुराज ज्वार्चनले कुन दुर्गति भोग्नुपर्ने हो त्योचाहिँ प्रतीक्षाको विषय बनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया