प्रहरीद्वारा भदौमा ३४ करोड २८ लाख ६० हजार ९७ रूपैयाँ राजस्व संकलन
काठमाडौं । नेपाल प्रहरीले भदौ महिनामा ३४ करोड २८ लाख ६० हजार ९७ रूपैयाँ राजस्व संकलन गरेको छ । प्रहरीले आर्थिक वर्ष २०७८/०७९ को भदौ महिनाको मासिक कार्यप्रगति विवरण सार्वजानिक गर्दै विभिन्न शीर्षकमा उक्त रकम राजस्व स्वरूप संकलन भएको जनाएको छ ।
प्रहरीका अनुसार गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये तीन हजार छ सय ८३ जना पक्राउ परेका छन् भने एक हजार एक सय ४३ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरू ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ । उक्त महिनामा दर्ता भएका कुल तीन हजार नौ सय आठवटा अपराधमा चार हजार आठ सय २६ अभियुक्तहरू संलग्न रहेका थिए । उनीहरूमध्ये चार हजार चार सय ९१ पुरुष र तीन सय ३५ महिला रहेका छन् ।
अदालतबाट सजाय तोकिएकामध्ये एक हजार चार सय ४४ जना फरार प्रतिवादीहरू भदौ महिनामा पक्राउ परेका छन् । उनीहरूलाई छ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत बिगो रकम छ करोड ७१ लाख ३५ हजार छ सय ९७ रूपैयाँ असुल भएको छ । यस्तै भदौ महिनामा भएका एक हजार सात सय ९८ वटा सवारी दुर्घटनामा परी एक सय ७० जनाको मृत्यु भएको छ भने पाँच सय १५ जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रतिदिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्यांकले देखाएको छ ।
उक्त महिनामा कुल तीन सय चारवटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा चार सय ७५ जना मानिसहरू पक्राउ परेका छन् । साथै ७९० किलो गाँजा, ३६ दशमलव २ किलो चरेश, सात सय ५४ ग्राम र हेरोइन दुई किलो अफिम र दुई दशमलव ९६ किलो कोकिन बरामद भएको छ । भदौ महिनामा ४८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने २० राउन्ड गोली र तीन थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियारसहित २६ जना पक्राउ परेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया