Techie IT
×
गृहपृष्ठसमाचाररेनोको शुभ कार–रम्भ

रेनोको शुभ कार–रम्भ


काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’को सुरुवात गरेको छ । ट्यागलाइन ‘चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ’सँगै यो योजना दशैँ–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ । रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद तीन लाख रुपैयाँसम्मको कुल फाइदा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षको लागि निःशुल्क सर्भिसिङ र पाँच वर्षसम्म वारेन्टीजस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् । कम्पनीका अनुसार यी आकर्षक अफरहरु ग्राहकको खुसीका महत्वपूर्ण पलहरु हुनेछन् किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् । यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया