Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिलम्बित पूर्वसहसचिव शर्मा ५० लाख धरौटी बुुझाएर रिहा

निलम्बित पूर्वसहसचिव शर्मा ५० लाख धरौटी बुुझाएर रिहा


काठमाडौँ । निलम्बित पूर्वसहसचिव चूडामणि शर्मा ५० लाख रुपैयाँ धरौटी बुुझाएर रिहा भएका छन् । सोमबार विशेष अदालतले माग गरेको रकम ५० लाख धरौटी बुझाएर शर्मा रिहा भएका हुन् । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको सयुंक्त इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश दिएका हुुन् ।

शर्माविरुद्ध तत्कालीन समयमा कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने करछुट दिएको अभियोग लागेको थियो । आयोगले व्यवसायीहरुलाई मनलागी कर छुट दिएर राज्यकोषमा एक अर्ब ३३ लाख घाटा हुने गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।

यसअन्तर्गत गत असारमा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । सोही मुुद्दामा कर फछ्र्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल आइतबार अदालतमा उपस्थित भएर ५० लाख नै धरौटी बुझाएर रिहा भइसकेको विशेष अदालतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया