Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहा दुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमाले विभाजन गर्न माधव नेपाल समूहलाई बाटो खोल्ने उद्देश्यले सरकारले राजनीतिक दल वा संसदीय दलमा २० प्रतिशत संख्या भए पुग्ने गरी अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशले व्यवस्था गरेको प्रावधानका आधारमा एमालेबाट फुटेको माधव समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ भने जसपाबाट फुटेर महन्थ ठाकुरले लोसपा बनाएका थिए । अध्यादेशका कारण सत्तारुढ दलहरुहरु भित्रै विभाजनको त्रास बढेपछि अध्यादेश खारेज गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया