Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवा उद्यमी तथा समाजसेवी सौरभ दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित

युवा उद्यमी तथा समाजसेवी सौरभ दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित


काठमाडौँ । केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगडलाई प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्येमै सौरभ दुगडलाई उक्त सम्मानको घोषणा गरिएको हो ।

मुलुकमा युवा उद्यमशीलताको विकास, समग्र औद्योगिक व्यावसायिक क्षेत्रको विकासमा युवा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् । युवा तथा जाँगरिला उद्यमी सौरभ दुगड सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । समाज तथा समग्र औद्योगिक क्षेत्रमा पु-याएको योगदानको कदरस्वरुप सौरभ दुगडलाई सो मानपदवी प्रदान गरिने भएको कम्पनीले जनाएको छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया