श्री लालीगुराँस सहकारीको भवन नै मापदण्डविपरीत
ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीको भवन नै स्वीकृत नक्साविपरीत रहेको पाइएको छ । महानगरपालिकाबाट स्वीकृत भएको नक्सामा भवनको ढोका, सटरलगायतको संरचना दक्षिणतर्फ हुनुपर्ने उल्लेख छ । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले महानगरपालिकाबाट स्वीकृत भएको नक्साविपरीत संरचना बनाएका हुन् ।
नक्साअनुसार सहकारीले सडकपट्टि फर्काएर कुनै पनि संरचना निर्माण गर्न नपाउने भए पनि भण्डारीले सहकारी भवनबाट सडकतर्फ फर्काएर लालीगुराँस डेरी, होम प्रो फर्निसिङलगायत विभिन्न धन्दा चलाउँदै आएका छन् । सहकारीले घर जग्गा किन्दा पूर्वतिर कित्ता नम्बर ३२७ मा समय् फल्चा छ भन्ने जान्दाजान्दै विभिन्न अवैध संरचना निर्माण गरेको थियो । महानगरपालिकाले दुई सय छ वर्ष पुरानो समय् फल्चा निर्माण थालेपछि सहकारीको भवन नै मापदण्डविपरीत रहेको खुलेको हो ।
सहकारीले फल्चा रोक्न जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि सबै अदालतमा पराजित भएको थियो । पराजित भएको नजिरलाई लुकाएर फेरि जिल्ला अदालत र उच्च अदालतमा शृंखलाबद्ध रुपमा मुद्दा दायर गरिएको थियो । ती मुद्दामा समेत अदालतले यसअघि नै फैसला भइसकेकाले फल्चा निर्माण गर्न आदेश दिइसकेको छ । आदेशअनुसार महानगरपालिकाले फल्चा निर्माण थालेको छ । फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीले पूर्वतर्फको बाटो समेत प्रयोग गर्न नपाउने भन्दै बार लगाएर अवरोध गरेको थियो । तर, भण्डारी सीडीओ घनश्याम उपाध्यायसमक्ष रोइकराइ गरेपछि सामान्य बाटो सात दिन अवधिका लागि दिइएको छ ।
सहकारीले तत्कालीन महानगरपालिकाबाट लिएको स्वीकृत नक्सामा पूर्वतर्फ कुनै बाटो र सटर समेत बनाउन नपाउने देखिन्छ । तर, भण्डारीले मनोमानी रुपमा पूर्वतर्फ नै सटर र ढोका राखेर भवन बनाएका छन् । सहकारीका कार्यकारी निर्देशक भण्डारीले अमृतराज भण्डारीसँग घर जग्गा खरिद गर्दा अगाडि पाटी छ भन्दै एक करोड २५ लाख रुपैयाँ मूल्य घटाएर किनेका थिए । ‘जनताको निक्षेप संकलन गरेर चल्नुपर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था चलाउने व्यक्तिले कित्ता नम्बर ३२७ मा रहेको समय् फल्चा क्वाप्पै खान खोजेका थिए’, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भन्छन्, ‘यो कामले सहकारीले आफ्नो साख गिराउने काम मात्रै भयो ।’
स्थानीयका अनुसार सहकारीले नक्साअनुसार पूर्वतर्फ झ्याल समेत राख्न मिल्दैन । यसअघिका मेयरले त नक्साअनुसार भवन नभएको भन्दै भवन नै भत्काएको नजिर रहेको स्थानीयबासी बताउँछन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया