निगमका महाप्रबन्धक पौडेलविरुद्ध अख्तियारमा डलर अपचलनको उजुरी
काठमाडौं । नेपाल वायुसेवा निगमलाई विगत तीन महिनादेखि खल्तीमा हालेर सिंहदरकारतिर डुल्दै हिँडेका महाप्रबन्धक डिमप्रसाद पौडेल र कानुनी सल्लाहकार आभास पण्डितविरुद्ध वैदेशिक मुद्रा अपचलन गरेको आरोप लगाएर कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपाल वायुसेवा निगममा क्रियाशील रहेका तीनवटै कर्मचारी युनियनका अध्यक्ष र महासचिवहरुले संयुक्त रुपमा उक्त उजुरी गरेका हुन् । नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेवानि र नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष र महासचिवहरुले संयुक्त रुपमा गत ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन् ।
उजुरीमा गत ६ जुन २०२१ मा बोइङ ७५७, ९एनएसीए जहाज र आइबेरियाको बोइङ ७५७ को इन्जिन बेच्ने र लिलाम गर्ने अमेरिका जाने भनी नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र निगमका कानुनी सललहकार आभास पण्डितले विदेशी मुद्राको सुविधा लिएको तर अचानक उक्त भ्रमण रद्द भएपछि पनि उनीहरुले सो रकम फिर्ता नगरेकाले वैदेशिक मुद्रा अपचलन गरेको अभियोगमा कारबाही गर्न माग गरिएको हो ।
त्यतिबेला निगमका महाप्रबन्धक पौडेल आईडी नं. २००२५ केले सात हजार अमेरिकी डलर र निगमका कानुनी सल्लाहकार आभास पण्डितले चार हजार एक सय ५० अमेरिकी डलर अग्रिम लिएका थिए । निगमको अर्थ विभागबाट उनीहरुले उक्त रकम बुझिलिएका थिए तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनीहरु गन्तव्यतर्फ उड्नुअघि नै उनीहरुको भ्रमण रद्द गरेकाले उनीहरुको अमेरिका भ्रमण रोकिएको थियो ।
त्यसरी तालिम, सेमिनार वा गोष्ठीमा भाग लिन जाने कर्मचारीले अग्रिम लिएको पेस्की रकम त्यहाँबाट फर्किएर कार्यालयमा हाजिर भएको मितिले १५ दिनभित्र र त्यस्तो प्रयोजनको लागि पेस्की लिएको रकम त्यस्तो प्रयोजनमा खर्च नहुने भएमा पेस्की लिएको सात दिनभित्र फिर्ता बुझाउनुपर्ने कानुनी व्यवस्था छ तर उनीहरु जाने भनिएको कार्यक्रम पर्यटन मन्त्रालयले हस्तक्षेप गरी रद्द गरेपछि उनीहरुले उक्त रकम ११ हजार एक सय ५० अमेरिकी डलर सात दिनभित्रै फिर्ता गर्नुपर्ने भए पनि उनीहरुले अहिलेसम्म उक्त रकम फिर्ता बुझाएका छैनन् ।
निगम नै बेचेर भए पनि पैसा कमाउन हिँडेका महाप्रबन्धक पौडेल र उनका कानुनी सल्लाहकार पण्डितले हात परेको एक हजार एक सय ५० अमेरिकी डलर फिर्ता नै नगरेकाले निगमका तीनवटै कर्मचारी युनियनका नेताहरुले कारबाहीका लागि आयोगमा उजुरी गरेका हुन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
- चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
- श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने
- युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
- माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
- एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
- सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
- कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया