Techie IT
×
गृहपृष्ठbreakingकोरोना बीमाको रकम भुक्तानीमा अर्थको चासो

कोरोना बीमाको रकम भुक्तानीमा अर्थको चासो


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल सुरु गरेका छन् । बुधबार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुुन् ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया