पहिलो महिनामा झण्डै २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो महिना (साउन)मा सहुलियतपूर्ण कर्जास्वरुप झण्डै दुई खर्ब रुपैयाँ वितरण गरेको छ । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय र सबैभन्दा कम सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिमका लागि प्रदान गरेको छ । उसले साउनमा व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसायको लागि एक खर्ब १२ अर्ब ७४ करोड र सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिमका लागि ३० हजार सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
यस्तै सोही समयमा महिला उद्यमशीलता कर्जा ५५ अर्ब ७८ करोड ७५ लाख, कपडा उद्योगहरुका लागि दुई अर्ब २७ करोड २८ लाख, दलित समुदाय व्यवसाय विकासका लागि ६० करोड ६७ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा ६० करोड ७७ लाख, शिक्षित युवा स्वरोजगार कर्जा छ करोड ३४ लाख, भूकम्पपीडितहरुको निजी आवास निर्माणको लागि पाँच करोड ४२ लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि दुई करोड ८९ लाख, युवा स्वरोजगारको लागि ३१ लाख र सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिम प्रदान गर्नका लागि तीन लाख रुपैयाँ कर्जास्वरुप प्रदान गरेको छ ।
सहुलियतपूर्ण कर्जाको लागि सरोकारवाला क्षेत्रका युवाहरु आर्कषित भएको पाइन्छ । उद्यम गर्ने सोचका साथ अघि बढेको कारण कर्जाको मागमा वृद्धि भएको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ ।
पहिलो महिनामा सहुलियतपूर्ण कर्जा लिनेको संख्या भने एक लाख ११ हजार चार सय ७१ जना रहेको राष्ट्र बैंकले बताएको छ । तीमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय ४८ हजार चार सय ९८ जनाले सबैभन्दा धेरै त्यसपछि क्रमशः शिक्षित युवा स्वरोजगार कर्जा एक सय ४५ जनाले, विदेशबाट फर्केका युवा परियोजना कर्जा आठ सय ५९ जनाले, महिला उद्यमशीलता कर्जा ६० हजार तीन सय २२ जनाले, दलित समुदाय व्यवसाय विकास कर्जा एक हजार १५ जनाले, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दुई सय ३३ जनाले, दुई सय ६६ वटा कपडा उद्योगहरुले, सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिमका लागि दुई जनाले र युवा स्वरोजगार कर्जा नौ जनाले लिएका छन् ।
राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा सहज रुपमा वितरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरे पनि त्यसो गरेको पाइँदैन । बैंक तथा वित्तीय संस्थाका अधिकारीहरु सहुलियतपूर्णक कर्जा लिएर उद्यम तथा व्यवसाय गर्न चाहनेहरुले बीचमा नै छोड्ने गरेको अवस्था ठूलो हुँदा कर्जा दिन अलि डराउनुपर्ने अवस्था रहेको बताउँछन् । यता युवाहरु भने सहुलियतपूर्ण कर्जा पहुँच हुनेको लागि मात्र भएको बताउँछन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया