Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार सहजीकरणका लागि नाडाको आग्रह

भन्सार सहजीकरणका लागि नाडाको आग्रह


काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा)ले भन्सार सहजीकरणका लागि भन्सार विभागसँग आग्रह गरेको छ । बुधबार नाडाका नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दै भन्सार सहजीकराण गर्न आग्रह गरेका हुन्।

भेटवार्तामा भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकालगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ । भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजस्व बुझाउने क्षेत्र भएको बताए । छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदानप्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारी समेत भइसकेको जानकारी गराए ।

यस्तै, महासचिव सुनिल रिजालले यचयस कोड परिवर्तन र साफ्टा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुहरूको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरूमा पर्ने समस्याहरूबारे जानकारी गराए ।

उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरूका लागि सहजीकरण गरिने बताउँदै व्यवसायीहरूका लागि अनलाइन ‘पेमेन्ट र भेहिकल स्क्यानर’को व्यवस्था समेत गरिने बताए । महानिर्देशक सापकोटाले भन्सार विभागले अव ‘ट्रस्टेड ट्रेडर्स’हरूको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरूलाई सहज हुने विश्वास लिएको बताए । सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य शुभआशिस थपलिया तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया