‘मेरो देश, मेरै उत्पादन’अभियानको प्रवर्द्धन गर्न आग्रह
काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संघ–संगठनद्वारा सञ्चालित ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सरकार पक्षबाट समेत प्रवर्द्धन गर्न आग्रह गरेका छन् । दुवै संस्थाका पदाधिकारी र पूर्वअध्यक्षसहितको टोलीले बिहीबार नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्वहरूसँग प्रत्यक्ष भेट गरी उक्त अभियानलाई प्रवद्र्धन गर्न आग्रह गर्दै अभियानका प्रवद्र्धनात्मक सामग्रीहरू, निमोनिक लोगोसहितको फ्रेम र टेवल स्टेन्डहरू हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष प्रकाश मुन्दडा र मोरङका अध्यक्ष सुयस प्याकुरेलको नेतृत्वको टोलीले मुलुकको आर्थिक मेरुदण्डीय स्वदेशी उद्योगहरूको हक, हित, संरक्षण, संवर्द्धन र विकासका लागि स्वदेशी उत्पादनको खपतमा जोड दिनुपर्ने अवधारणाका साथ संघ–संगठनद्वारा उक्त अभियान थालिएको जानकारी दिए । ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सरकारले पनि आत्मसात गरी त्यसको देशव्यापी प्रवर्द्धन र जनचेतना जागरण कार्यमा साथ र सहयोग गर्नुपर्ने बताउँदै उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जर्नादन शर्मा र नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्वहरूलाई प्रत्यक्ष भेट गरी अनुरोध गरेका हुन् ।
भेटमा अध्यक्ष मुन्दडाले यस अभियानले स्वदेशी उत्पादनको खपतलाई प्राथमिकता दिई स्वदेशी उद्योगहरूको स्थायित्व कायम गराउन विशेष भूमिका खेल्ने बताए । यस्तै अभियान साकार भए मुलुकको स्वदेशी उत्पादकत्व वृद्धि, रोजगारीका पर्याप्त अवसरहरू सिर्जना, स्वदेशका बौद्धिक सम्पत्तिको संरक्षण, नवप्रवर्तन/आविष्कार एवं सिर्जनशीलता प्रोत्साहन, व्यापारघाटा न्यूनीकरण, आयात प्रतिस्थापन तथा मुलुक आत्मनिर्भर हुनुका साथै आर्थिक समृद्धि र दीर्घकालीन उपलब्धिहरू हासिल हुने तथा आर्थिक रूपान्तरण भई मुलुक गतिशील अर्थतन्त्रतर्फ उन्मुख हुने भएकाले त्यसका लागि सरकारसहित सबै पक्ष एक्यबद्ध भई अघि बढ्नुपर्ने बताए ।
यस्तै संघका अध्यक्ष मुन्दडाले स्वदेशी उद्योगहरू हाल कोभिड १९ लगायत विभिन्न कारणले सिथिल हुँदा मुलुकको स्वदेशी उत्पादकत्वसहित समग्र अर्थतन्त्रमै ठूलो ह्रास आएको बताउँदै विद्यमान अवस्थामा स्वदेशी उद्योगहरूको संरक्षण, संवर्द्धन र विकास कार्यलाई प्राथमिकताका साथ अघि बढाउन जोड दिए ।
साथै, अध्यक्ष मुन्दडाले स्वदेशी उत्पादकत्व अभिवृद्धि र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मुलुक तीव्र औद्योगीकरणको बाटोमा अग्रसर हुन नितान्त आवश्यक रहेको बताए । साथै उनले औद्योगीकरणमार्फत विद्यमान अर्थतन्त्रको सुदृढीकरण तथा विकासका लागि सरकारबाट तत्कालै ठोस नीतिहरू अवलम्बन गर्न अनुरोध गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया