एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियोः महासचिव डा. शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले कोरोनाकालमा गरिएका उद्धार तथा पुनस्र्थापनासँग जोडेर एनआरएनए नेतृत्वमाथि सुनियोजित आरोप लगाइएको बताएका छन् ।
मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए । आफूहरू संघप्रति सधैँ इमान्दार रहेको जनाउँदै शण्र्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौती दिए । ’हामी यहीँ छौँ । एनआरएनए छाडे पनि हामी हाम्रो ठेगाना दिन तयार छौँ,’ उनले चुनौती दिँदै भने, ’संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ ।’
एनआरएनएको पूर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा. शर्माले ’संस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।’ विगत फर्जी मतदान गर्नेहरूले अनलाइन भोटिङको व्यवस्थापछि आफूले चलखेल गर्न सक्ने नदेखेपछि मन्त्रालय गुहारेका उनले बताए । तोकिएको चुनाव समयमै गर्न र संस्थालाई चलायमान बनाउनुको विकल्प नरहेको डा. शर्माको भनाइ छ । त्यसका लागि विवाद उत्पन्न भएका देशका प्रतिनिधिहरूलाई चुनावी प्रक्रियाबाट अलग गर्न सकिने पनि उनको भनाइ छ ।
एनआरएनएलाई पार्टीको अंग बनाउन चाहनेहरूले निःशुल्क सदस्यको विरोध गरेका भन्दै एनआरएनएका सम्पूर्ण सदस्यले नै मतदान गर्ने व्यवस्था गर्न आफू तयार रहेको र त्यसका लागि अन्यलाई पनि चुनौती दिएका छन् । मध्यपूर्वमा रहेका नेपालीहरूका समस्या पहिचान गर्ने र नेपाल सकारलाई झक्झकाउनका लागि दोस्रो महाधिवेशन कतारमा आयोजना गरिएको प्रस्ट पारे । मध्यपूर्वलाई सुरुमा एनआरएनए अभियानबाहिर राख्न सरकारी तवरबाटै प्रयास भएको जनाउँदै डा. शर्माले त्यसलाई रोक्न आफूहरूले निकै मिहिनेत गरेको स्मरण गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया