Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिनामै कञ्चनपुर भन्सारमा ३२ दशमलव ७४ प्रतिशत राजस्व वृद्धि

छ महिनामै कञ्चनपुर भन्सारमा ३२ दशमलव ७४ प्रतिशत राजस्व वृद्धि


धनबहादुर जप्रेल
कञ्चनपुर, माघ १५
कञ्चनपुर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामै भन्सार राजस्व वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा चालू आर्थिक वर्ष ०७६/०७७ को पुस मसान्तसम्ममा ३२ दशमवल ७४ प्रतिशतले राजस्व वृद्धि गरेको हो । भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०७६/०७७ मा ४८ करोड, ६८ लाख ७५ हजार लक्ष्य राखेको थियो पुस मसान्त सम्ममा २५ करोड, १७ लाख, ३४ हजार लक्ष्य राखिएकोमा १८ करोड ५९ लाख ११ हजार रूपैयाँ संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन् । ४० करोड, १२ लाख, ८१ हजार भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३६ करोड, ६७ लाख ८८ हजार मात्रै राजस्व संकलन गरेको थियो । भन्सारमा ८० लिलामका मुद्दा दर्ता भए पनि ३२ मात्रै फर्छ्यौट गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा लिलामबाट आठ लाख, ९३ हजार, तीन सय ९० रूपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा ६४ लाख, ६७ हजार, सात सय ७३ रूपैयाँ राजस्व संकलन गरेको थियो । आइतबार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले ६८औं भन्सार दिवसका अवरमा प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले राजस्व संकलन वृद्धि भइरहेको बताए ।

कर्मचारीको सकृयता, सबै सरकारी निकायको सहयोग र व्यवसायीको इमानदारिताका कारण भन्सार लक्ष्य वृद्धि हुन गइरहेको उनको भनाई थियो । ‘अधिकतम साइकल र मोटरसाइकलबाट वस्तु ढुवानी हुन्छ, ‘उनले भने, ‘शारदा व्यारेज महाकाली पुल दैनिक सात घण्टा मात्रै खुल्छ ।’ उनले महाकालीमा पुल निर्माणसँगै चार लेनको सडक सम्पन्न भएपछि आर्थिक कारोबारमा वृद्धि हुने बताए । कञ्चनपुर भन्सारबाट घ्यू, चित्रकला, हस्तकला, जडीबुटी, दोसल्ला, झोला, मफलर, रिट्टा र तेजपत्तालगायतका थोरै नेपाली वस्तु निर्यात हुने गरेको छ, भने धेरै वस्तु आयात हुने गरेको छ ।

हार्डवेयरका समान, तरकारी, फलफूल, खाद्यान्न, लेडिज, सुट, कपडा, तामा, काँसका भाँडा, दरी, कम्बललगायतका दैनिक उपभोग्य समग्री आयात हुने गरेका छन् । भन्सार अधिकृत अधिकारीले भन्सार कार्यालयले थुप्रै सुधारका काम गरेको बताए । उनका अनुसार सेवाग्राहीको व्यवस्थापन, २४ सीसीटीभी क्यामेरा जडान, यात्रु र मालबहाक सवारी साधनको अलग–अलग पार्किङ स्थान निर्माणका साथै सचेतनामूलक सन्देश प्रसारित गरिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया