Techie IT
×
गृहपृष्ठbreakingबोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । बोर्ड धितोपत्रको नियमनकारी निकाय हो ।

पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिले गरेको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्न सिफारिस गरेको थियो । बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको थियो । उनलाई राजीनामा दिन भने पनि नमानेपछि सरकारले कानुनी प्रक्रिया पूरा गरेर बर्खास्त गरेको हो ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया