Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसनम हत्या र ३८ क्विन्टल सुन काण्डमा संलग्न गोरेसहित छ जनालाई जन्मकैदको फैसला

सनम हत्या र ३८ क्विन्टल सुन काण्डमा संलग्न गोरेसहित छ जनालाई जन्मकैदको फैसला


मोरङ । जिल्ला अदालत मोरङले मंगलबार सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका ‘गरे’ भनिने चूडामणि उप्रेतीसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै, अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कोलाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तादार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिएका छन् ।

गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, ‘कृष्ण’ भनिने नरेन्द्र कार्की र ‘भोजे मामा’ भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजाय फैसला गरेको हो ।

मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ । जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया