Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको निःशुल्क ओपीडी हुने

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको निःशुल्क ओपीडी हुने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । नर्भिक अस्पतालमा रहेको युरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो ।

युरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।

यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । छाती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।

नर्भिकले केही महिना अघिदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपीडी सेवा लिन नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया