Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररेड बुलको ट्रेडमार्क चोरी गरी ‘रेड ब्लु उत्पादन बिक्री वितरण गर्नेमाथि कारबाही हुने !

रेड बुलको ट्रेडमार्क चोरी गरी ‘रेड ब्लु उत्पादन बिक्री वितरण गर्नेमाथि कारबाही हुने !


काठमाडौँ । हाल प्रतिबन्धित कुनै बेलाको चर्चित पेय पदार्थ रेडबुलको ट्रेड मार्क चोरी गरी उत्पादन तथा विक्री वितरण गर्नेहरुमाथि कारबाही हुने भएको छ । अष्ट्रियाको प्रतिष्ठित कम्पनिद्वारा उत्पादित रेड बुलको ट्रेडमार्क चोरी गरेर नेपाली बजारमा यतिबेला रेड ब्लु र रेड बफेलो विक्री वितरण गर्ने विरुद्ध कम्पनिले उजुरी गरेको छ । रेडबुलको ट्रेडमार्क चोरी गरेर रेड ब्लु उत्पादन तथा विक्री वितरण गर्नेमाथि कारबाही माग गर्दै वास्तविक उत्पादक कम्पनिले उद्योग विभागमा उजुरी गरेको हो ।

रेडबुलको आधिकारीक उत्पादक रेडबुल एजी स्वीजरल्याण्डले भियतनाममा रहेको माइ वेभरेज एण्ड फूड प्रोसेसिङ स्टक कम्पनि र नेपालमा कार्यालय रहेको पशुपति थाई वेभरेज कम्पनि विरुद्ध पेण्टेट, डिजायन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार कारबाही माग गर्दै विभागमा उजुरी गरेको हो । भियतनामस्थित उक्त कम्पनिले नेपालमा अवैध रुपमा रेडब्लु विक्री वितरण गर्दै आएको छ । त्यस्तै पसुपति थाइ वेभरेजले रेड बफ्यालो नामक पेय पदार्थ विक्री वितरण गर्दै आएको छ ।

नेपालमा रेड बुल र डबल बुल ट्रेडमार्कहरु नेपालमा २०५५ सालदेखी नै दर्ता कायम छ । यो ट्रेडमार्क विश्वका २०५ भन्दा बढी मुलुकहरुमा दर्ता भई विश्वका १७३ भन्दा बढी मुलुकमा आफ्नो उत्पादन विक्री वितरण भइरहेको छ । नेपालमा समेत अत्याधिक विक्री भइरहेको रेडबुलको एउटा लामो इतिहास छ । रेडबुलको उत्पादन सन् १९८७ देखि भएको कम्पनिको दाबी छ । नेपालकै एक कम्पनि मार्फत भियतनाम ल्याइएको रेड ब्लुलाई यसअघि समेत उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । तत्कालिन विभागका महानिर्देशक महेश्वर न्यौपानेले रेड बुलको ट्रेडमार्क चोरी गरेको अभियोगमा रेड ब्लुलाई कारबाही गरेका थिए । भियतनामकै अर्को कम्पनि मार्फत नेपाल भित्र्याइएका रेड ब्लु नेपालभर विक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

नेपाल आयातमै रोक लगाइएको रेड ब्लु फेरी कसरी भित्रियो ?
सरकारले २०७६ जेठमै रेड ब्लु नामको इनर्जी ड्रिंक नेपाल आयातमा रोक लगाएको थियो । पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ विपरित नेपालमा विक्री वितरण गरेको भन्दै गोरुका चित्र भएको रेडब्लु को आयातलाई रोक्का गरेको थियो । उद्योग विभागकै सिफारिसका आधारमा यस्तो कारबाही अघि बढेको थियो । तर, सरकारले अयातमै रोक लगाएको उक्त रेड ब्लु नेपालमा अवैध रुपमा विक्री वितरण र प्रचार प्रसार भइरहेको छ । एक टेलिभिजनले त आफ्नो लोकप्रीय कार्यक्रममा स्पोन्सर समेत गराएको भेटिएको छ ।

२०७६ जेठ २४ गते उच्च अदालत पाटनले उद्योग विभागको निर्णय सदर गर्दै रेड ब्लुलाई रेडबुलको जस्तो चित्र प्रयोग गरेर इनर्जी ड्रिंक भित्र्याउन नपाउने आदेश गरेको थियो । उक्त आदेशकै आधारमा विभागले नेपालमा आयात तथा विक्री वितरणमा रोक लगाएको थियो ।

 

नेपाली बजारमा रेडबुल जस्तै देखिने देखिने तर फरक नाम भएका रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं अवैध रुपमा विक्री भइरहेका छन् । कम्पनिले यी सबै विरुद्ध मुद्दा हालेको छ । रेडबुलको नक्कली ट्रेडमार्क प्रयोग गरेर नेपालमा आधा दर्जन उत्पादकहरुले अवैध रुपमा नेपालमा इनर्जी ड्रिंक विक्री वितरण गर्दै आएका छन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया