रक्सोल–काठमाडौं रेलवे समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल र भारतबीच रक्सोल–काठमाडौं रेलवे परियोजनाको ‘फाइनाल लोकेसन सर्भे’सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बिहीबार सम्झौता भएको छ ।बिहीबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले ट्विटरमार्फत जानकारी दिएको हो । दुई देशबीच क्रसबोर्डर (अन्तर्देशीय) ब्रोडगेज रेलवे लाइन निर्माणको लागि यो सम्झौता भएको हो ।
योसँगै अब भारतीय पक्षले प्रस्तावित रक्सोल–काठमाडौं रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को थालनी गर्नेछ । हालसम्म यसको वातावरण तयार गर्न भारतीय पक्षले ताकेता गरिरहेको थियो । गत फागुन २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको रेल विभागका निर्देशकलाई समझदारी पत्र स्वीकृत गरी हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।
यसले बिहीबारको समझदारी पत्रमा हस्ताक्षर गर्ने बाटो खुल्ला भएको थियो । भारतले काठमाडौंसम्म ब्रोडगेज रेलवे सम्भव भएकोले यसैलाई जोड दिँदै आएको थियो । सोहीअनुसार नेपाल सहमत भएपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली पक्षले भने स्ट्यान्डर्ड गेजमा जोड दिए पनि भारतको विज्ञता ब्रोडगेजमा भएकोले यहीअनुसार सहमति भएको हो ।
यता चीनले पनि काठमाडौंसम्म रेलवे निर्माणमा सहयोग गर्ने बताउँदै आएको छ । चीनले भने स्ट्यान्डर्ड गेजको रेलमार्ग निर्माणमा जोड दिएको छ । तर भारतसँग भने ब्रोडगेज रेलवे निर्माण हुने देखिएको छ । पछिल्लो समय नेपालमा रेलवे निर्माणलाई जोड दिइँदै आएको छ । अहिले धमाधम पूर्व–पश्चिम रेलमार्ग निर्माणलाई सरकारले जोड दिएको छ । यी सबैका बीच नेपालले आफैँ किनेको रेल भने एक वर्षयता यतिकै थन्किएर बसेको छ ।
२०७७ असोजमा भारतबाट दुईवटा रेल ल्याए पनि अझै कानुनी अभावमा सञ्चालन हुन सकेको छैन । ती दुवै रेल त्रिपालले छोपेर राखिएको छ । रेलवे विभागमा सत्ता परिवर्तन भएपिच्छे नेतृत्व परिवर्तन हुँदा आएका रेल पनि सञ्चालन हुन नसकेका हुन् । नेपालले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा ती दुई रेल किनेको थियो । दुवै रेल राष्ट्रिय ध्वजाअंकित छन् । रेल सञ्चालनको लागि संरचना समेत तयारी अवस्थामा रहे पनि जनशक्ति नहुँदा सरकार नै अलमलिनुपरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
- चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
- श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने
- युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
- माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
- एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
- सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
- कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया