विधानविपरीतका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रकोे निर्देशन
काठमाडौं । सरकारले विधानविपरीतका काम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै विधानविपरीतको काम सच्याउन चारबुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी परेको झण्डै एक महिनापछि मन्त्रालयले बुँदागत रूपमा संघलाई निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले पठाएको पत्रमा संघका केही राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको निर्वाचन तथा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा विधानविपरीत काम भएको उल्लेख छ । विधानविपरीत नियमावली बनाइएको र सो नियमावलीअनुसार गरिएका काम स्वतः अवैधानिक हुने पत्रमा स्पष्ट पारिएको छ । विभिन्न एनसीसीहरूमा विधानविपरीत सदस्यता वितरण गरिरएको, निर्वाचनमा धाँधली गरिएको र विधानविपरीत नियमावली बनाई महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै २४ भदौमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । संघका पूर्वसचिव जानकी गुरुङ, मानार्थ आईसीसी सदस्य नवराज ओली र एनसीसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेलले मन्त्रालयमा उजुरी दिएका थिए । सो उजुरीपछि मन्त्रालयले सहसचिव भरत रेग्मीको संयोजकत्वमा कानुन र सञ्चार मन्त्रालयका प्रतिनिधि सम्मिलित तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो ।
अनुगमन समितिले झण्डै एक महिना लगाएर गरेको अनुसन्धानपछि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रीस्तरीय निर्णय गरी संघलाई पत्र पठाइएको हो । संघमा विशेषगरी ६५ प्रतिशत प्रतिनिधि छनोटमा विवाद देखिएको छ । सचिवालयले अघिल्लो कार्यसमितिलाई प्रतिनिधि चयन गर्ने अधिकार दिएको थियो । एनसीसीको निर्वाचनपूर्व नै प्रतिनिधि चयन गर्ने संघको नियमावली नै त्रुटिपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ । मन्त्रालयले विधान र विगतको परम्पराअनुसार नै प्रतिनिधि चयन गर्न संघलाई निर्देशन दिएको छ । विधानमा उल्लिखित प्रतिनिधि चयन गर्ने प्रावधान अमूर्त रहेको भन्दै मन्त्रालयले विगतका प्रावधानअनुसार नवनिर्वाचित एनसीसी कार्यसमितिबाट प्रतिनिधि चयन गर्न भनेको छ ।
संघको दशौँ महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर २३–२५ का लागि तोकिएको छ । त्यसअगावै नयाँ कार्यसमिति चयन गर्न २० अक्टोबरका लागि निर्वाचन तोकिएको छ । अनलाइन माध्यमबाट मतदान हुने संघले यसअघि नै जनाइसकेको छ । उता, संस्थापन पक्षले भने परराष्ट्रको पछिल्लो पत्रले महाधिवेशन अनिश्चित भएको दाबी गरेको छ । महासचिव हेमराज शर्माले परराष्ट्रको पत्रले निर्धारित मितिमा महाधिवेशन हुन जटिल देखिएको बताएका छन् । उनले छिट्टै आईसीसीको बैठक बसी निर्णय गरिने जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया