Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिलका इच्छाराजकै शैलीमा लालीगुराँस सहकारीमा सुरेन्द्रको ठगी !

सिभिलका इच्छाराजकै शैलीमा लालीगुराँस सहकारीमा सुरेन्द्रको ठगी !


काठमााडौँ ।सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सहकारीका १२ जना कर्मचारी यतिबेला सीआईबीको हिरासतमा छन् । विभिन्न सहायक कम्पनी खडा गरेर सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरी ठगी गरेको अभियोगमा सहकारीका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य समेत रहेका इच्छाराज तामाङसहित १२ जनालाई सीआईबीले गत असोज १८ गते पक्राउ गरेको हो ।

उनीविरुद्ध मंगलबारसम्म एक हजार ६१ जनाले उजुरी दिएका छन् । चार अर्ब ४५ करोडभन्दा बढी रकम बिगो पुगेको छ । इच्छाराजले निक्षेपकर्ताहरुको रकम आफन्त र नातागोताका नाममा विभिन्न भगिनी कम्पनी सञ्चालन गरेर सोही कम्पनीको नाममा अर्बौँ रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई सीआईबीले पक्राउ गरेको हो ।सिभिल सहकारीकै शैलीमा ठगी धन्दा चलाउँदा पनि ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने उन्मुक्ति पाउँदै आएका छन् । उनीविरुद्ध सीआईबीलगायत सबैजसो सरकारी कार्यालयमा ठगीको जाहेरी परेको छ । तर, सत्ता र शक्तिको दुरुपयोगका कारण उन्मुक्ति पाउँदै आएका छन् । भण्डारीले आफ्नी श्रीमती र नातागोताको नाममा कम्पनी खडा गरेर धितो किर्ते मूल्यांकन गरेर ऋणीको सम्पत्ति हत्याएका त छन् नै, ती कम्पनीको नाममा करोडौँ रुपैयाँ ऋण अपचलन गरेका छन् ।

आर्थिक दैनिकले फेला पारेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मास्टरलिस्ट अफ लोनमा अधिकांश कम्पनी भण्डारीकै रहेको देखिएको छ । शंखमूलमा कलेज रहेको श्री लालीगुराँस एजुकेसन फाउन्डेसन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्राली, श्री लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीले अर्बौँ ऋण अपचलन भएका छन् ।

प्राप्त स्टेटमेन्टमा सन् २०१४ डिसेम्बर १० मा श्री लालीगुराँस एजुकेसन फाउन्डेसनको नाममा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीबाट ४५ लाख रुपैयाँ ऋण निकालिएको छ । फाउन्डेसनकै नाममा सोही दिन फेरि ५२ लाख रुपैयाँ ऋण निकालिएको छ ।एकै मितिमा अर्को ७१ लाख रुपैयाँ ऋण निकालिएको स्टेटमेन्टमा उल्लेख छ । पटक–पटक गरेर एकैदिन उक्त फाउन्डेसनको नाममा एक करोड ६८ लाख रुपैयाँ ऋण निकालिएको छ । जब कि श्री लालीगुराँस राष्ट्रिय कलेजको अध्यक्ष नै सुरेन्द्र भण्डारी स्वयं छन् ।

सन् २०१५ अक्टोबर ९ मा सोही एजुकेसन फाउन्डेसनको नाममा अर्को ५० लाख ऋण प्रवाह भएको देखिएको छ । सन् २०१७ अप्रिल २० मा फाउन्डेसनकै नाममा दुई पटक गरी २ करोड ८० लाख रुपैयाँ निकालिएको छ ।सन् २०१६ अक्टोबर २ मा सोही एजुकेसन फाउन्डेसनले ५५ लाख आठ हजार सात सय १६ रुपैयाँ ऋण लिएको देखिन्छ ।सन् २०१६ जुलाई १५ मा श्री लालीगुराँस प्रोफेसनलको नाममा ४७ लाख रुपैयाँ सहकारीबाट ऋण निकालिएको छ । यसरी एजुकेसन फाउन्डेसनकै नाममा पटक–पटक गरी छ करोडभन्दा बढी ऋण निकालिएको छ ।
ललितपुरको सातदोबाटोस्थित ताल्छिखेलमा एउटा अस्पताल छ– लालीगुराँस अस्पताल । यो अस्पताललाई समेत ऋण अपचलनको केन्द्र बनाइएको छ । भण्डारी नै अध्यक्ष रहेको यो अस्पतालको नाममा पनि करोडौँ ऋण अपचलन गरिएको छ ।

वर्षौँदेखि अस्पतालको रुपमा सेवा नै दिन नसकेको उक्त अस्पतालको नाममा पाँच वर्षअघि नै करोडौँ रुपैयाँ मनोमानी रुपमा ऋण निकालिएको छ ।स्टेटमेन्ट अनुसार लालीगुराँस जनस्वास्थ्यको नाममा सन् २०१६ जुलाई १५ मा चार करोड ९३ लाख रुपैयाँ ऋण निकालिएको छ । त्यस्तै सोही नाममा सोही मितिमा अर्को नौ करोड रुपैयाँ ऋण निकालिएको छ । सन् २०१७ मार्च १२ मा लालीगुराँस हस्पिटलको नाममा एक करोड ५० लाख ऋण निकालिएको देखिन्छ । त्यस्तै सोही दिन अर्को पटक एक करोड ४० लाख रकम ऋण निकालिएको छ । लालीगुराँस हस्पिटलको नाममा सन् २०१७ जुलाई १३ मा अर्को एक करोड रुपैयाँ निकालिएको छ ।

सन् २०१७ जुन १३ मा लालीगुराँस हस्पिटलकै नाममा अर्को २० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । सन् २०१५ मे २६ मा हस्पिटलकै नामबाट १५ लाख रुपैयाँ ऋण निकालिएको देखिन्छ ।लालीगुराँस हस्पिटलकै नाममा सन् २०१६ डिसेम्बर १८ मा ५८ लाख रुपैयाँ निकालेको देखिएको छ । त्यस्तै सन् २०१३ अगस्ट २२ मा हस्पिटलकै नाममा आठ लाख १३ हजार दुई सय १३ रुपैयाँ ऋण निकालिएको छ ।यसरी पटक–पटक गरेर उक्त अस्पतालको नाममा मात्रै केही चार आर्थिक वर्षभित्रै २० करोड रुपैयाँभन्दा बढीको ऋण अपचलन गरेको स्मेटमेन्टमै देखिन्छ ।

सर्वसाधारणको ऋण धितो कमसल मूल्यांकन गरेर धितो सकार्ने कम्पनी हो जय जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी । सोही कम्पनीको नाममा समेत करोडौँको ऋण अपचलन भएको छ ।उक्त कम्पनीको नाममा पनि करोडौँ अपचलन भएको प्रमाणमा देखिन्छ । स्टेटमेन्टअनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनीको नाममा लालीगुराँस सहकारीबाट एक करोड ११ लाख रुपैयाँ ऋण निकालिएको छ ।
त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण निकालिएको छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रालिको नाममा ९५ लाख रुपैयाँ ऋण निकालिएको छ ।

यो कम्पनीको नाममा पनि श्री लालीगुराँस सहकारीको नाममा दुई करोडभन्दा बढी ऋण निकालिएको छ । यो कम्पनीले श्री लालीगुराँस सहकारीबाटै ऋण लिएका ऋणीहरुको धितो कमसल मूल्यांकन गरेर हत्याउँदै आएको छ ।श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा लालीगुराँस सहकारीले चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ११ मा गाई फार्म सञ्चालन गरेको छ । यो सहकारीको नाममा समेत सहकारीको करोडौँ ऋण दुरुपयोग गरिएको छ । सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार दुई सय ८९ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । तर १५ करोड लगानीको कुनै भौतिक संरचना वा अन्य भौतिक वस्तु केही नभएको चितवनकै एक स्थानीयले बताए । यतिका रकम निकाल्दा ब्याजदर भने शून्य प्रतिशत उल्लेख छ । त्यस्तै सन् २०१७ जुन २२ मा श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार चार सय ४४ रुपैयाँ ऋण निकालिएको छ ।

No description available.

हाइड्रोपावरका डुब्यो करोडौँ ऋण !
सिन्धुपाल्चोक जिल्ला साबिक लार्चा गाविस १ तातोपानीमा निर्माण भएको भैरव कुण्ड हाइड्रोपावरमा सहकारीबाट सन् २०१७ जुन ५ मा तीन करोड ३५ लाख ऋण देखिएको छ । तर, यो हाइड्रोपावर केही वर्षअघि मात्रै सानिमा बैंकले लिलामी गरेको हो । सानीमा बैंकबाट समेत ४० करोडभन्दा बढी ऋण निकालिएको थियो । तर, ऋण नतिरेपछि श्री लालीगुराँस सहकारी नै कालोसूचीमा राख्ने भन्दै बैंकले दैनिक पत्रिकामा सूचना निकालेको थियो । तर, यो हाइड्रोपावरको नाममा भण्डारीले डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको उच्च स्रोतले बतायो ।आर्थिक दैनिक


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया