Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउच्च ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछिको सेयरबजार

उच्च ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछिको सेयरबजार

६० अंकले बढ्यो नेप्से साढे दुई अर्बको किनबेच


काठमाडौं । निक्षेपको ब्याजदर वृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपश्चात् सेयरबजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन ७७ दशमलव ३३ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार भने राष्ट्र बैंकले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा नबढाउने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै उकालो लागेको छ । यस दिन सेयरबजार परिसूचक ६० दशमलव ६० दशमलव ५६ अंकले उकालो लागेर २५ सय ७१ दशमलव ६६ विन्दुमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले उकालो लागेर चार सय ८४ दशमलव पाँच विन्दुमा चढेको छ ।

यस दिन कुल १३ वटा उपसमूहअन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट ३४ हजार छ सय ४४ पटकको कारोबारमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर किनबेच भएका छन् । उक्त किनबेचका आधारमा यस दिन कुल सेयर कारोबार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये १३ वटै उपसमूहहरुको सूचक उकालो लागेर सेयरमा पूरै हरियाली देखिएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ३२ दशमलव ६२ अंकले उकालो लागेर १८ सय छ दशमलव ४० विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक सय ४१ दशमलव ४६ अंकले उकालो लागेर ४६ सय ५० दशमलव ९७ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि एक सय आठ दशमलव ६८ अंकले उकालो लागेर २६ सय ३० दशमलव ८६ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि एक सय २१ दशमलव ४९ अंकले उकालो लागेर २२ सय १३ दशमलव १२ विन्दुमा चढेको छ ।

निर्जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ४८ दशमलव एक अंकले उकालो लागेर ११ हजार पाँच सय तीन दशमलव १९ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ८९ दशमलव ६९ अंकले उकालो लागेर १४ हजार चार सय ५२ दशमलव ५२ विन्दुमा चढेको छ । यसैगरी ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः ८९ दशमलव ९७, ९१ दशमलव ७५, एक सय २२ दशमलव ८३, ६३ दशमलव ३४, ९९ दशमलव एक, शून्य दशमलव २१ र एक दशमलव ४९ विन्दुले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय २२ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण खोला जलविद्युत् कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर दुई सय ९९ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक युनिभर्सल पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य चार दशमलव ९६ प्रतिशतले घटेर तीन सय ५८ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईबीएल प्रगति फण्डको प्रतियुनिट सेयर मूल्य पनि दुई दशमलव ३४ प्रतिशतले घटेर १० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यस दिन नबिल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता १४ सय ६० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ४८ लाख पाँच हजार ४८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिस्टिलरी प्रालिको प्रतिकित्ता छ हजार छ सय ६८ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ८१ लाख ४६ हजार एक सय ८९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अरुण भ्याली हाइड्रोपावर कम्पनी, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया