Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा फरार सिंह पक्राउ

बैंकिङ कसुरमा फरार सिंह पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार अभियुक्त रामनाथ सिंहलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुरअन्तर्गतको चेक बाउन्ससम्बन्धी मुद्दामा सिंहलाई बुधबार काठमाडौंको कमलपोखरीबाट पक्राउ गरिएको हो ।

महोत्तरी भगाहा गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्दै आएका सिंहलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ वैशाख १० गते प्रभु बैंकको भक्तपुर शाखाको चेक दिएका थिए । उक्त चेक नसाटिएपछि बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ माघ २० गते उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

उक्त फैसलालगत्तै फरार भएका सिंहलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनको बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया