Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमको अध्यक्षमा अधिकारी

निगमको अध्यक्षमा अधिकारी


काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निगमका पूर्वकर्मचारी अधिकारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेर अधिकारीलाई नियुक्त गरेको हो ।

निगममा डिमप्रसाद पौडेल कार्यकारी अधिकारसहित प्रबन्धनिर्देशक थिए । तर, उनको पद कायम रहे पनि कार्यकारी अधिकार भने अब अध्यक्ष अधिकारीमा सरेको छ । कार्यकारी अधिकार कटौती भएपछि पौडेलले के गर्छन् त्यो भने प्रस्ट भइसकेको छैन । यस्तै, सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालक समितिको अध्यक्ष डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया