Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपानीको फोहराबाट बोसो हटाउने प्रविधि नेपालमा सञ्चालन

पानीको फोहराबाट बोसो हटाउने प्रविधि नेपालमा सञ्चालन


काठमाडौं । नेपालमा पहिलोपटक काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकमा विश्वकै पहिलो पानीको फोहरा प्रयोग गरि पेट, कम्मर, तिघ्रा, हात वा घाँटीबाट बोसो हटाउने प्रविधी (लिपोसक्सन) सञ्चालनमा आएको छ । सो प्रविधि विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्तिकर्ता ‘द मल्ल इंक’ले ल्याएको हो ।

लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो, जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटीजस्ता अन्य विशिष्ट अंगहरूबाट बोसो हटाउन सक्ने प्रविधि प्रयोग गर्दछ । र यो नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाहको प्रयोग गर्दछ । ‘यस बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रिया मात्र दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ’, हेल्दी च्वाइस क्लिनिकका डा उदिप श्रेष्ठ भन्छन्, ‘यस केन्द्रमा प्रयोग हुने विश्वको उत्कृष्ट उपकरणहरूले उच्च दक्षता सुनिश्चित गर्दछ र पेट, कम्मर, भित्री तिघ्रा, बाहिरी तिघ्रा, घुँडा, बाछो, पीठ, हात, चिन जस्ता अंगहरूबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।’

‘यो जर्मन प्रविधिबाट बनेको उपकरण हो र यसले पहिलेको प्रविधिभन्दा राम्रो परिणाम दिन्छ । अल्ट्रासोनिकजस्ता अन्य प्रविधिले बोसो पगाल्नको लागि धेरै उच्च गतिमा कम्पन हुने सुइँको प्रयोग गर्दछ । यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ । तर यस बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउँदैन । वाटर–जेटको प्रवाह मिलाउनसक्ने हुनाले रक्तस्रावलाई पनि कम गर्दछ र घाउ हुन तथा शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाइरहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ’, द मल्ल इन्कका प्रबन्धनिर्देशक सजल मल्ल भन्छन् । द मल्ल इन्क नेपालमा लेजर प्रविधि भित्र्याउने मुख्य आपूर्तिकर्ता हो । यस कम्पनी अल्मा लेजर नामक विश्वकै अग्रणी स्थानमा रहेको लेजर प्रविधि कम्पनीको नेपालका लागि एकमात्र आयातकर्ता हो । द मल्ल ग्रुप यस क्षेत्रमा विगत २८ वर्षदेखि सक्रिय छ ।

मल्ल भन्छन्, ‘यो प्रविधि सञ्चालनमा ल्याउनुभएकोमा द हेल्दी च्वाइस क्लिनिकका डा. उदिप श्रेष्ठलाई बधाई दिन चाहन्छु । हामी उहाँको क्लिनिकमा छिट्टै थप नयाँ प्रविधिहरू उपलब्ध गराउनेछौँ किनभने हाम्रो ध्येय र परिकल्पना एउटै छ । साथै हामी हाम्रो देश नेपालमा थप नयाँ प्रविधिहरू भित्र्याउन चाहन्छौँ । स्वास्थ्य क्षेत्रको विकासका सुनिश्चित छ ।’ क्लिनिकका स्वास्थ्यकर्मीहरूलाई भारतका डाक्टर सन्दिप जैनले प्रशिक्षण दिएका हुन् । उनीले शल्यक्रियामा स्नातकोत्तर डिग्री हासिल गरेका छन् र विगत आठ वर्षभन्दा बढी समयदेखि यस प्रविधिबाट सेवा प्रदान गरिरहेका छन् । उनले लण्डनबाट यस प्रविधिका लागि सर्टिफिकेट पनि प्राप्त गरेका छन् । डाक्टर जैन सैफी, ब्रीच क्यान्डी, भाटिया र वोकहार्टसहित भारतका धेरै अस्पतालहरूमा संलग्न छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया