Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनुवाकोटको लिखुमा एमालेको महिला अध्यक्ष निर्वाचित

नुवाकोटको लिखुमा एमालेको महिला अध्यक्ष निर्वाचित


विदुर । नुवाकोटको लिखुमा मंगलबार भएको एमाले लिखु गाउँपालिकाको अधिवेशनानमा नेकपा एमालेकी दुर्गादेवी पुडासैनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।

अध्यक्षमा चार जना प्रत्यासी रहेकोमा पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा भएको बेला केपी ओली पक्षमा सक्रिय रहेकी बताइएको छ । गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपध्यक्षमा उम्मेदवार बन्न सिफारिस भएकी पुडासैनीको नाम भेगीय सन्तुलत मिलाउँदा अन्तिममा काटिएको थियो । अहिले भने उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व उनको काँधमा आइपुगेको छ ।

पुडासैनी विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा सक्रिय  थिइन । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।

नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ । अन्यमा तिहार अघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ । नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि महिलाको नेतृत्व न्यून रहेको छ ।

मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा सोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया