Techie IT
×
गृहपृष्ठसमाचारश्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तर्क्रिया

श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तर्क्रिया


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाली समुदायसँग अन्तर्क्रिया गरेका छन् । आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा उनले त्यहाँ रहेका नेपालीसँग छलफल गरेका हुन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा यूएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा यूएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषाल, दूतावासका कर्मचारीसहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थियो ।

नेपालको महत्वपूर्ण श्रम गन्तव्यका रुपमा रहेको यूएईमा दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरुले कोभिड महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया