Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररकम नै नदिई राप्रपा नेता लामाले बनाए दिएको किर्ते कागजात

रकम नै नदिई राप्रपा नेता लामाले बनाए दिएको किर्ते कागजात


काठमाडौं, माघ १६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटका नेता कमान सिंह लामाले रकम नै नदिई रकम दिएको किर्ते कागजात निर्माण गरेका छन् । विदेश पठाउने भन्दै ठगी गरेका उनले पीडित नुवाकोट मेगाङका ४० वर्षीया धनमाया तामाङलाई रकम नै नदिई रकम दिएको भन्दै किर्ते कागजात निर्माण गरी झूठो प्रचारमा लागेका हुन् । आफूलाई ठगी गरेको रकम नदिई दिएको भनेसँगै पीडित तामाङले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता सिंहले आफूलाई कुनै रकम नदिएको बताइन् । उनले नेता सिंहले प्रस्तुत गरेको कागजातमा आफ्नो सही नमिल्ने बताइन् । ‘मैले उनलाई भेटेको पनि छैन रकम लिएको पनि छैन’, उनले भनिन्, ‘नेता सिंहले प्रस्तुत गरेका कागजात किर्ते हुन् जसमा मेरो हस्ताक्षर मिल्दैन ।’

‘मलाई रकम फिर्ता नपाएको हुँदा पछिल्लो समय ठगी मुद्दामा महानगरीय प्रहरीपरिसरमा उजुरी समेत दिएको छु’, उनले भनिन्, ‘म मात्र होइन नुवाकोट जिल्लावासी र अन्य व्यक्तिहरुले समेत लामालाई विश्वास नगर्नुहोस् ।’ मलाई विदेश पठाउने भन्दै लिएको रकम फिर्ता गरे पुग्छ अन्य विभिन्न बहाना बनाएर पत्रकार सम्मेलन गरी भए/नभएको कुरा बाहिर नल्याउन नेता सिंहलाई आग्रह गरिन् ।

यता अर्का पीडित ३६ वर्षीय कामी लामाले भने आफूलाई धम्क्याएको नेता सिंहको भनाइ छ । तर कामी लामाले भने आफूले सिंहसँग संवाद नगरेको बताए । ‘मेरो उनीसँग संवाद नै भएको छैन’, उनले भने, ‘संवाद नै नभएको मानिसले धम्क्यायो भन्न मिल्छ ? मलाई आफूले दिएको पैसा लिनु हो, त्योबाहेक सिंहसँग मेरो कुनै सम्बन्ध छैन ।’

उनले विदेश पठाउने नाममा आफ्नै जिल्लावासीहरुले ठगी गरेको भन्दै आर्थिक दैनिकमा समाचार प्रकाशित भएको थियो । सो कुराको खण्डन गर्ने क्रममा उनले ठगी गरेका मानिसहरुले रकम लिई सकेको भनी किर्ते कागजात निर्माण गरी सञ्चारमाध्यममा ल्याएको पीडितको भनाइ छ । नेता सिंहले बेलायतमा रहेको एक होटेलमा काम लगाइदिने भन्दै तामाङ र लामासँग नौ लाख ५२ हजार रुपैयाँ लिएका थिए । बेलायत पनि पठाउन नसकेको र रकम पनि फिर्ता नदिएको भन्दै पीडितहरु समस्यामा परेका छन् भने सिंह पीडितहरुको सम्पर्कमा आएका छैनन् ।

‘हामीहरुलाई विशिष्ट समूहसँग बेलायत पठाइदिने भन्दै उनले सात/सात लाख माग गरेका थिए’, पीडितहरुले भने, ‘हामीले उनलाई दुई जनाको गरी पटक–पटक गरी नौ लाख ५२ हजार रुपैयाँ दिएका थियौं ।’ सिंहले आफ्नै जिल्लावासी तामाङ र लामासँग बेलायत पठाउने भन्दै गत वर्ष मंसिर २२ गते सो रकम लिएका थिए । लामाले रकम फिर्ता दिनुको सट्टा विभिन्न दुःख दिएको पीडितहरुको भनाइ छ । पीडितहरुको अनुसार सिंहले गत साउन ३ गते पीडितहरुलाई रकम दिने भन्दै ००१०१०१०३३२२५५ नम्बरको नेपाल इन्भेष्टमेन्ट बैंकको बाउन्स चेक दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया