Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि विकास बैंकका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

कृषि विकास बैंकका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत


काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा समेत स्वीकृत भइसकेको छ । कात्तिक दोस्रो साता अध्यक्ष पदबाट राजीनामा दिएका निरौलाको राजीनामा कात्तिक १२ गते अर्थ मन्त्रालयले स्वीकृत गरेको उनले आर्थिक दैनिकलाई जानकारी दिए ।

निरौला यसअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त व्यक्ति हुन् । अर्थमन्त्री युवराज खतिवडा हुँदा उनलाई कृषि विकास बैंकको अध्यक्षमा नियुक्त गरिएको थियो । उनले बाहिर आएजस्तो कसैको दबाबमा राजीनामा नदिएको दाबी गरे ।

‘मलाई कहीँ कतैबाट दबाब आएको भन्ने झुटो कुरा होे । मैले मार्गप्रशस्त गर्नको लागि राजीनामा अर्थ मन्त्रालय समक्ष बुझाएको हो’, निरौलाले आर्थिक दैनिकसँग भने, ‘नयाँलाई पनि बैंकको जिम्मेवारी लिने अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ मैले अध्यक्ष पद त्याग गरेको हुँ ।’

निरौलासँग तीन दशकसम्म केन्द्रीय बैंकको नेतृत्व तहमा काम गरेको अनुभव छ । नेपाल राष्ट्र बैंकमा रहँदा भने उनले बैंकिङ क्षेत्रको नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश लिएपछि उनलाई फागुन दोस्रो साता मन्त्रिपरिषद् निर्णयद्वारा कृषि विकास बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको थियो । यस्तै तत्कालका लािग भने कुनै बैंक तथा वित्तीय संस्थामा नजोडिने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया