Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ को सहमतिपत्रमा हस्ताक्षर

‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ को सहमतिपत्रमा हस्ताक्षर


काठमाडौं। ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ को सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा सोमबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाको तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशकबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरपश्चात् सहमतिपत्र एक–आपसमा आदानप्रदान भएको थियो ।

‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ अनुरुप सैनिक सेवामा १० वर्ष पूरा गरेका र श्रीमान् वा श्रीमती कसैको पनि नाममा घर नरहेका बहालवाला सकलदर्जाहरुलाई अत्यधिक सहुलियतपूर्ण ब्याजदर जम्मा ३ दशमलव ३२ प्रतिशतमा मुलुकभर निजी आवास निर्माण गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध गराइनेछ । सकलदर्जाहरुले लामो समयदेखि प्रतीक्षा गरेको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात् कल्याणकारी सेवा सुविधामा समेत वृद्धि हुनुका अतिरिक्त सैनिक सेवाप्रति आकर्षण समेत बढ्ने अपेक्षा गरिएको छ । साथै, नेपाली सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरुको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै विगतमा कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था समेत मिलाएको छ  ।

यस्तै अवकाश प्राप्त सकलदर्जाको लामो समयदेखि भइरहेको मागबमोजिम ६० वर्षमाथिकालाई निवृत्तिभरण रकममा उल्लेख्य वृद्धि गरी मासिक एक हजार रुपैयाँ पु-याएको छ । यसका अलावा सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको सेनाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया