Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त

तीन प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले मंगलबार प्रदेशप्रमुखमा नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेशप्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेशप्रमुख नियुक्त गरेकोे राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेशप्रमुख थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया