Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले सम्मेलनको तयारी स्वरूप सांगठनिक कामलाई तीव्रता दिने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले पाँचदलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई–दुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।

यस्तै बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय गरेको छ । ‘एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम नभईकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभईकन अगाडि नबढाउने कुरा भएको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले भने । यस्तै बैठक सांगठानिक विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । प्रदेश पदाधिकारीको टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । बैठकले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यसँग परामर्श गरेर पदाधिकारी टुंग्याउने निर्णय गरेको पनि उनले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया