Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लघुवित्तको अध्यक्षमा बराल

गुराँस लघुवित्तको अध्यक्षमा बराल


काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लि. को संचालक समितिको अध्यक्षमा संचालक उदयनारायण बराल पुनः चयन भएका छन् । संस्थाको सोमबार धनकुटामा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु निर्विरोध निर्बाचित भई सोहि दिन बसेको संचालक समितिकोे बैठकले अध्यक्ष पदमा उनलाई पुनः चयन गरेको हो ।

वित्तीय संस्थाको संस्थापनामा मूख्य भूमिका निर्वाह गरेका संचालक बराल संस्था स्थापना कालदेखि नै अध्यक्षको जिम्मेवारीमा रही संस्थाको उन्नति र प्रगतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । १ नं. प्रदेश स्तरीय लघुवित्तले ३३ वटा शाखा कार्यालय मार्फत करिव २० हजार विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया