Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिद्धार्थ बैंकको चेक किर्ते गरी २० लाख रुपैयाँ निकाल्ने पक्राउ

सिद्धार्थ बैंकको चेक किर्ते गरी २० लाख रुपैयाँ निकाल्ने पक्राउ


काठमाडौँ, माघ १७
सिद्धार्थ बैंकको चेक किर्ते गरी रकम निकाल्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीले किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुुसार कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार नौ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार नौ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाइराखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया