Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारीसाधन आयातमा शतप्रतिशत वृद्धि

सवारीसाधन आयातमा शतप्रतिशत वृद्धि


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनहरुको आयातमा शतप्रतिशत वृद्धि भएको जनाएको छ । नाडाका अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा सवारीसाधनहरुको आयातमा शतप्रतिशत वृद्धि भएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग भेटी सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारीसाधनहरुको आयातमा वृद्धि हुँदै गएको जानकारी गराएको हो ।

चालू आर्थिक वर्षमा अझ वृद्धि हुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत उनले आग्रह गरे । सो भेटमा अध्यक्ष दुलालले आगामी मसिंर २२ गते काठमाडौंमा सम्पन्न हुने नाडाको ४५औँ वार्षिक साधारणसभाको प्रमुख अतिथिका लागि अर्थमन्त्रीलाई अनुरोध समेत गरेका थिए । उक्त भेटमा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्विपमेन्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया