Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा ‘युके युनिभर्सिटी फेयर २०२१’ को आयोजना

काठमाडौंमा ‘युके युनिभर्सिटी फेयर २०२१’ को आयोजना


काठमाडौं । एसआई युकेले ‘युके युनिभर्सिटी फेयर २०२१’ शैक्षिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बेलायती विश्वविद्यालय शिक्षाको जानकारी दिने उद्देश्यले मंसिर ५ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

हाल बेलायतले अध्ययनपछि विद्यार्थीहरुलाई दुई वर्षको कार्य अनुमति भिसा दिने गरेको छ । विभिन्न विश्वविद्यालयका शैक्षिक पद्धति, लाग्ने शुल्क, अध्ययनपछिको अवसरका बारेमा प्रत्यक्ष साक्षत्कार गर्नका लागि ‘एस आई युके युनिभर्सिटी फेयर २०२१’ अवलोकन गर्न आयोजकले आग्रह गरेको छ । बेलायत पढ्न जान चाहने नेपाली विद्यर्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा शैक्षिक कार्यक्रम सेवा सुचारु गर्दै आएको एसआई युके नेपालका निर्देशक विनय अधिकारीले बताए । एसआई युकेले नेपालबाट मात्र नभई ३६ वटा देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्येक वर्ष ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई बेलायत र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गरिरहेको छ ।

उक्त शैक्षिक मेलामा बेलायतका प्रसिद्ध २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई बेलायतमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने छन् । शैक्षिक मेलामा युनिभर्सिटी अफ एबर्डिन, अन क्याम्पस क्याम्ब्रिज एजुकेसन ग्रुुप, वात्स् पा युनिभर्सिटी, डुर्हम यनिभर्सिटी, स्वासी युनिभर्सिटी, होम्स् इन्स्च्यिुट, क्वी मार्गेट युनिभर्सिटी, स्टडी ग्रुप, युनिभर्सिटी फर द क्रियटीभ आर्टस्, अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुपलगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरुले नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्तिको समेत घोषण गर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया