Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभण्डारीले समय् फल्चाको पक्षमा बोल्ने ललितपुरबासीलाई नै मुद्दा हाले

भण्डारीले समय् फल्चाको पक्षमा बोल्ने ललितपुरबासीलाई नै मुद्दा हाले


काठमाडौं । ऐतिहासिक सम्पदा समय् फल्चा हडपेर भौतिक संरचना निर्माण गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरबासीविरुद्ध मुद्दा हालेको छ । फल्चासँग सम्बन्धित खबर सेयर तथा प्रचारप्रसार गरेको भन्दै अधिकारकर्मी तथा सम्पदाप्रेमी ललितपुरबासीविरुद्ध नै सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुद्दा हालेका हुन् ।

सहकारीले ललितपुरका स्थानीय समाजसेवी तथा समय् फल्चा निर्माणमा सक्रिय पृथविन्दु महर्जन र केशव पुरीविरुद्ध जिल्ला अदालत ललितपुरमा लिखित गाली बेइज्जती गरेको कसुरमा मुद्दा दायर गरेको हो । समय् फल्चा हडप्ने र निर्माणमा अवरोध गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले महर्जन र पुरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

महर्जनले समय् फल्चा निर्माणको लागि सामाजिक सञ्जालमा अभियान थालेकी थिइन् । उनले आर्थिक दैनिक लगायत अन्य सञ्चारमाध्यममा आएका फल्चा निर्माण सम्बन्धित खबरहरु सेयर गर्ने गरेकी थिइन् । समय् फल्चा निर्माणमा सक्रियता देखाएका थिए ।

२०६ वर्षभन्दा पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेषमाथि श्री लालीगुराँस सहकारीले स्वीकृत नक्सा र सम्पदा मापदण्डविपरीत भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले फल्चा निर्माणको लागि बजेट विनियोजन गरेपछि सहकारी र महानगरपालिकाबीच विवाद भएको थियो ।

सहकारीले फल्चा निर्माण रोक्न जिल्ला अदालत ललितपुर, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा (झूठो) विवरणसहित मुद्दा दायर गरेको थियो । तिनै तहको अदालतमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको झूट पराजित भएपछि पनि उनले गृह मन्त्रालयलाई शक्तिको दुरुपयोग गरेर फल्चा निर्माण रोक्न दोहोरो पत्र समेत लेखाएका थिए । हाल तिनै तहका अदालतको आदेश तथा फैसलाबाट ऐतिहासिक समय फल्चा निर्माणकार्य सम्पन्न हुने तयारीमा छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया