Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१३ लाख रुपैयाँ जरिवाना गरिएकी महिला पक्राउ

१३ लाख रुपैयाँ जरिवाना गरिएकी महिला पक्राउ


काठमाडौ । १३ लाख रुपैयाँ जरिवाना ठहर भएकी बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका स्थायी घर भई हाल ललितपुर जिल्लाको सानागाउँ बस्ने ५१ वर्षीया दुर्गा शाही सापकोटालाई बैंकिङ कसुरको अभियोगमा बुधबार पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार सापकोटाउपर आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्तिक ६ गते हिमालयन बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ गते भएको थियो । सोहीअनुरुप प्रतिवादी सापकोटाको हकमा बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद १३ लाख ६५ हजार रुपैयाँ जरिवाना फैसला भएको थियो ।

सो पश्चात् फरार रहेकी सापकोटालाई सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले ललितपुरको सानागाउँबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए । उनका अनुसार पक्राउ परेकी सापकोटालाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया