Techie IT
×
गृहपृष्ठसमाचारनेपालसहित ११० देशलाई बाइडेनको निम्तो

नेपालसहित ११० देशलाई बाइडेनको निम्तो


वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित एक सय १० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । एएफपीका अनुसार भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन् । सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन । बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेको बताउने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया