Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी शोभा गुुरुङलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बिहीबार ललितपुरको कुपण्डोलबाट गुरुङलाई पक्राउ गरिएको हो ।

तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ४, हाडीगाउँ बस्ने वर्ष ४५ की प्रतिवादी गुरुङलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले बताए । प्रहरी उपरीक्षक थापाका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७५ साउन १५ गते एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ असार १ गते प्रतिवादी शोभा गुरुङको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद २० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

उच्च अदालत पाटनको उक्त फैसलालगत्तै फरार रहेकी गुरुङलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले कुपण्डोल, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआईबीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया